काठमाडौं ।
“पृथ्वी हाम्रो घर हो’ भन्ने मुल नाराका साथ विश्व शान्तिको कामना गर्दै राष्ट्र प्रेमी युवाहरूले पाेखरा महेन्द्र पुलस्थित अन्तर्राष्ट्रिय झन्डा पार्कमा दीप प्रज्वलन गरेका छन् ।
महेन्द्र पुलस्थित अन्तर्राष्ट्रिय झन्डा पार्कमा आयोजना गरिएको कार्यक्रममा युवाहरूले दीप प्रज्वलन गरेर विश्वमा घटिरहेका प्राकृतिक विपद् र त्यसबाट पुगेको मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना गरेका छन्।
विपद्बाट ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विस्थापित र अङ्गभङ्ग भएकाहरूप्रति कामना गरेका छन् ।
कार्यक्रममा अतिथिको रूपमा बोल्दै अभियानताका सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो शोक मन्तव्य राखेका थिए। उक्त शोक सभाको परिकल्पनाकार पोखरा महानगरका नगर पिताको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन राष्ट्र प्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदी र सह-संयोजक सुदिप शर्मा पौडेल र दीपक बहादुर गोदारले गरेका थिए ।
अतिथिमा रामराज सुवेदी र दुर्गा सुवेदीले आतित्यता गरेका थिए । कार्यक्रमको मूल सन्देश बुद्धको भूमिबाट युद्धको अन्त्य होस् भन्ने कामना गर्दै इजरायल र हमास युद्धमा युद्ध बन्दी बन्न पुगेका नेपाली भूमि का युवा विपिन जोशीको सफल उद्धारको समेत कामना गरिएको थियो। रसिया र युक्रेनको युद्धले पनि छिट्टै शान्तिको रूप धारण गरोस् भन्ने कामना समेत गरिएको थियो।
प्रतिक्रिया