हेल्दुम जलविद्युत आयोजनाले अघोषित लोडसेडिङ गर्दा मारमा छन् उपभोक्ता


सिमकोट ।


हुम्लाको सिमकोट गाउँपालिका ४ मा रहेको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १४ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ। लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका सिमकोट बजारका उपभोक्तहरुलाई विद्युत नियमित नहुँदा मारमा परेका छन् ।

गाउँमा लाईन विस्तार गरेको हुनाले र हिउँदमा पानीको वाहव कम भएको भन्दै सिमकोट बजार भित्र लाई आयोजाले अघोषित रूपमा लोडसेडिङ गर्दा उद्योग व्यवसायी सङ्कटमा परेका छन् । सिमकोट बजारमा उद्योगी तथा व्यवसायी संचलन हुने समयमा आयोजानले एक घण्टा मात्रै विद्युत दिएर लाइन बन्द गरेको पत्रकार नरजङ तामाङको गुनासो छ । उनका अनुसार आयोजानाले सिमकोट तल्लो बजार,माथिल्लो बजार गाउँआसपासका क्षेत्रमा लोडसेडिङको तालिका नहुँदा सिमकोट बाजारका उपभोक्त मारमा पर्दे आएको बताए ।


पाँचसय किलोवाट क्षमता भएको उक्त आयोजनाले यो हिउँदको समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा १ सय देखि १ सय ५० किलोवाट सम्म विद्युत खपत हुँदै आएको नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख जितेन्द्र शाहले बताए ।
प्रतिदिनमा १४ घण्टा भन्दा बढी विद्युत भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले वर्षेनि यसको समस्या भोग्दै आउनु परेको गुनासो पोख्न थालेका छन् । पानीको अभावका कारण माग अनुसार विद्युत आपूर्ति गर्न नसकेको कार्यालय प्रमुख शाहले बताउनुभयो ।

मारमा उद्योगी–व्यवसायी

जिल्ला सदरमुकाम सिमकोट ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका एक दशक भन्दा लामो समयदेखि १४ घण्टासम्मको विद्युत भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन्। सिमकोटमा बाजारमा उद्योगी व्यवसायी बिस्तारै चलायमान हुन थाले समयमा अघोषित लोडसेडिङको मारमा परेका छन्।

विद्युत् अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधारण पनि सहज ढङ्गले काम गर्न पाएका छैनन्। अत्यधिक चिसोबीच अघोषित रूपमा भइरहेको लोडसेडिङले आम नागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ। हेल्दुम जलविद्युत कार्यालयको कार्य तालिकाबिना विद्युत भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झन समस्या भएको गुनासो गर्दै आएका छन् ।
कार्यालयका दैनिक काममा समस्या
विद्युत सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिका सहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ। समयमै विद्युत सेवा उपलब्ध नहुँदा वितिय देखि प्रशासनिक अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ।

एसईई तयारी विद्यार्थी लाई अध्ययनमा बाधा
एसईई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत भार कटौतीको गर्दा अध्यायन गर्न बाध्य खेप्नुपरेको छ । चौध घण्टासम्म विद्युत भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ। हरेक दिनमा र राति ११ बजेसम्म विद्युत नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको विद्यार्थीहरुकोे भनाइ छ । राति ११ बजेपछि विद्युत आउँदा निन्द्रामा सुतेका हुन्र्छौ यसरी ढिला गरी विद्युत आउँदा पढाइमा समस्या भएको एसईई तयारी गरिहरहेका जय देवी बुढाले बताइन्

संचालनमा आएकै छैन एउटा मेशिन
विद्युग्रृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिन शुरुमा बिद्युत उत्पादन भएको समय देखि संचालनमा आएकै छैन ।
वितरण केन्द्रले पटक पटक पुनःनिर्माण गरिसके पनि एउटा मेशिनले मात्रै विद्युत उत्पादन गर्दै आएको छ । दुई वटा मेशिन क्रमश २५० किलोवाट गरि जम्मा ५०० किलोवटा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका १ हजार ८सय भन्दा घरधुरीका सेवाग्राहीले .लक्षित गरियता पनि सिमकोट बजारमा भने अँध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत गृहमा रहेका दुई मेशिन मध्ये एक मेशिनका सामग्री नै नभएको,त्यहाँका कर्मचारीले बताएका छन् भने पानी नै नपुगेर मेशिन संचालनमा नआएको दोधारे भाषामा बोलेका छन त्यहाँका कर्मचारीहरुले । हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका सामग्रीबाट करीब २० वर्षदेखि काम चलाईँदै आएको छ ।

हिल्दुम जलविद्युत आयोजानकै चरम लापरवाहीका कारण सेवाग्राहीले अझै सास्ती खेप्दै आउनुपर्ने अवस्था छ । हिल्दुम जलविद्युतमा कहिले नहर त कहिले फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ (टालटुल प्रवृति) गर्ने त, कहिले पानी ट्याङ्खी लाई नयाँ बनाउने भन्दै हिल्दुम जलविद्युत आयोजनामा करोैंड रकम र्खेच गरीसकेका छन ।

ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । ठेक्का लिएको ठेक्केदाले सम्पन्न हुन नपाउदै १५ बर्ष सम्म सान तिना ठेक्का र उपभोक्ता, आयोजना र वितरण केन्द्रकै मिलोमोतोमा करोैडौ रकम खर्च गरेका देखिन्छ ।