काठमाडौं ।
नेपाली सेनाद्वारा सञ्चालित रौतहट जिल्लाको गरुडा-५ स्थित महम्दपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
नेपाली सेनाको विरदल गणले तिलगंगा आँखा प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोग तथा रौतहटका स्थानीय निकायहरुसँगको समन्वयमा चार दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएकाे हाे ।
पौष २८ गतेदेखि सुरु गरिएकाे चार दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा करिब छ सय जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएकाे सेनाले जनाएकाे छ ।
यस्तै, पौष २१ गतेदेखि पौष २७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा ६ दिने स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरी करिब तीन हजार जनाको आँखाको स्क्रिनिङ्ग पश्चात् शल्यक्रिया गरिएकाे थियाे ।
प्रतिक्रिया