मुगु ।
अत्यधिक चिसो बढेसँगै छायाँनाथ रारा नगरपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडाको अभाव हुन नदिन कम्बल वितरण गरिएको छ।
नगरपालिकाका वडा न.१ देखि ५ सम्मका वृद्ध-वृद्धालाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो। छायाँनाथ रारालनगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा सञ्चालित यो कार्यक्रम नगरपालिका भित्रका ५१ जना ज्येष्ठ नागरिकलाई राहत प्रदान गरेको छ।
विशेष गरी वृद्ध वृद्धाको स्वास्थ्य सुरक्षाका लागि यो कदम चालिएको बताइएको छ। नगरप्रमुख बिष्णु कुमार भामले बताए ।
“चिसोका कारण ज्येष्ठ नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले हामीले कम्बल वितरण गरेका हौँ। यो अभियानले समुदायमा सकारात्मक प्रभाव पार्नेछ,” नगर उप प्रमुख ऐश्वर्य मल्लले बताए । ज्येष्ठ नागरिकहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले आगामी दिनमा बजेटको सुनिश्चितता गरि १४ वटै वडाका ज्येष्ठ नागरिकलाई राहतका कार्यक्रम अघि बढाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए ।
स्थानीयहरुले पनि यस्तो कदमलाई स्वागत गर्दै नगरपालिकालाई धन्यवाद दिएका छन्। चिसोको प्रभाव अझै केही समय रहन् सक्ने मौसम भएकाले वृद्धा-वृद्ध र बालबालिकाहरूलाई सचेत रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया