काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यता, बिहीबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया