बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?


काठमाडाैं ।

नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३/३ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ ।

डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ । नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।