काठमाडौं ।
सरकारले भूमि सबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।
यसै बिच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्विर राखेर मेयर शाहले ब्यंग्य गरेका हुन् ।
प्रतिक्रिया