राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । गत पुस २६ गते सरकारले ५ अध्यादेश जारी गर्ने निर्णय गरे अनुसार ४ वटा अध्यादेश जारी भए पनि भुमीसबन्धी अध्यादेश भने जारी भएको थिएन । 

तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको जनाइएको थियो ।