काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ८०० रुपैयाँ घटेको छापावाल सुन बुधबार प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो। यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको छ।
प्रतिक्रिया