एजेन्सी ।
फुटबलका महान खेलाडी लियोनल मेसीलाई फुटबल जगतको प्रतिष्ठित दुई अवार्ड ‘द बेस्ट फिफा अवार्ड’ र ‘बालोन डी ओर अवार्ड’ का बादशाह भन्दा फरक नपर्ला। वर्ष २०२३ को ‘द बेस्ट फिफा अवार्ड’ जितेपछि उनको नाममा फुटबलका दुई प्रसिद्ध र सबैभन्दा ठूला अवार्डहरू बालोन डी ओर तथा फिफा अवार्ड सर्वाधिक पटक जित्ने कीर्तिमान बनेको छ।
यो एउटा दुर्लभ कीर्तिमानसमेत हो । मेसीको यो कीर्तिमानलाई उछिन्ने खेलाडी अबका केही दशकसम्म जन्मिछन भनेर कल्पना गर्न पनि कठिन हुन्छ। फ्रान्स म्यागजिन र फुटबल सर्वोच्च निकाय फिफाले मिलेर संयुक्त रूपमा दिने बालोन डी ओरसमेत जोड्दा अवार्डको संख्या कुल ८ हुन्छ।
त्यसै गरी, बालोन डी ओरसँग गाभिएर दिइएको फिफा अवार्डलाई छुट्याएर जोड्ने हो भने ५ पटक हुन्छ । अनि फिफाले सन् २०१६ देखि फ्रान्स बालोन डी ओरसँग अलग्गिएर ‘द बेस्ट फिफा अवार्ड’ का नामले दिन थालेको अवार्ड मेसीले तीन पटक जितेका छन। यी दुवै अवार्डलाई समायोजन गरी प्रदान गरिएको संख्यालाई हेर्ने हो भने मेसीले ८ पटक जितेका छन्।
त्यसै गरी फिफाले सन् २०१६ देखि दिन थालेको विशुद्ध ‘बेस्ट फिफा प्लेयर’ अवार्डको मात्रै कुरा गर्ने हो भने मेसीले तीन पटक उक्त अवार्ड पाएका छन । मेसीले जितेको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो । मेसीपछि उक्त अवार्ड जित्नेमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम आउँछ । रोनाल्डोले उक्त अवार्ड दुई पटक जितेका छन्।
फिफाले फ्रान्स म्याजिनसँग मिलेर संयुक्त अवार्डका रूपमा दिने ‘फिफा बालोन डी ओर अवार्ड’ भित्र फिफाको पनि अवार्ड रहन्छ। त्यसरी नै प्रदान गरिने अवार्ड मेसीले ५ पटक जितेका छन भने फिफाले एकल रूपमा सन् २०१६ बाट द बेस्ट फिफा अवार्ड दिन थालेयता मेसीले सो अवार्ड तीन पटक जितेका छन । यसरी हेर्ने हो भने मेसीको नाममा दुवै प्रतिष्ठित अवार्ड समान आठ–आठ पटक हुन्छ।
प्रतिक्रिया