काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो। यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया