काठमाडौं ।
नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे। पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाए। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडी सहभागी छन्।
पहिलो दिन पुरुष ५० केजीमुनि विजय थापाले सञ्जय दनुवार तथा नितेश कठायतले केशव पुजारालाई पराजित गरी फाइनलमा प्रवेश गरे। पुरुष ६० केजीमुनि अल्ताब दनुवारले अर्जुन परियार तथा नरेन्द्र दनुवारले अमित थापालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरे।
हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपियाँ रहेको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुारीले जानकारी गराए। प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपियाँ रहेको छ। प्रतियोगिता सञ्चालनका लागि प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो, पोल्यान्डका माइकल जाप्लालगायत दक्षिण एसियाली राष्ट्रका निर्णायिक नेपालमा छन्।
प्रतिक्रिया