प्रधानमन्त्री कपमा बैतडी च्याम्पियन

188
Shares

बैतडी ।

जानकी थापाको अलराउन्ड प्रदर्शनमा प्रधानमन्त्री कप महिला टी २० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ।

बिहीबार सम्पन्न फाइनलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेको हो। जितका लागि पाएको ७२ रनको लक्ष्य बैतडीले १२.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । टोलीका लागि कप्तान रितु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् । बलिङमा कञ्चनपुरकी मन्जु विष्टले २ विकेट लिइन् ।

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो। टोलीका लागि रेवती धामीले ४१ रनको पारी खेलेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैतडीका लागि जानकी थापाले २ विकेट हासिल गरिन् ।

जानकी प्लेयर अफ द फाइनल समेत चुनिइन् । बैतडीकी कप्तान रितु सर्वाेत्कृष्ट खेलाडी बनिन् । यस्तै, कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डँडेलधुराकी जयन्ती भण्डारी उदयीमान खेलाडी बनिन् ।