लमजुङ।
लमजुङको बेसीशहर स्थित त्रिबेणी रंगशालामा संचालित ३२ औँ राष्ट्रव्यापी त्रिबेणी कप २०८१ फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार दिउँसो हुनेभएको छ । विभागिय टोली एपिएफ फुटबल क्लव काठमाडौं र बुद्ध युथ क्लव भोटेओडार विच फाइनल खेल हुँदैछ ।
शुक्रबार भएको सेमिफाइनल खेलबाट एपिएफ र बुद्ध फाइनालमा प्रवेश गरेका हुन् भने शुक्रवार नै भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लव बेसीशहरलाई एपिएफ फुटबल क्लव काठमाडौँले १ का विरुद्ध २ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको २१ औँ मिनेटमा हरि कार्कीले पहिलो गोल गरी एपिएफलाई अग्रता दिलाएका हुन् ।
दोस्रो हाफको ६७ औँ मिनेटमा आयोजक त्रिवेणीका सुनिल खड्काले गोल गरेसँगै एक÷एक गोलको बरावरी भएको थियो भने एपिएफको जितमा खेलको ८७ औँ मिनेटमा प्रदिप लामाले गरेको दोस्रो गोल नै निर्णायक गोल बन्न पुग्यो । उक्त खेलमा एपिएफका प्रदिप लामा नै म्यान अफ दि म्याच घोषित भए । लामालाई पाँच हजार नगद पुरस्कार र ट्रफि प्रदान गरिएको थियो ।
यसैगरी टोखा भगवती फुटबल क्लव काठमाडौँ र बुद्ध युथ क्लव भोटेओडार विच भएको दोस्रो सेमिफाइनल खेलबाट पेनाल्टी सुटआउटमा बुद्ध युथ भोटेओडार फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समयमा कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा प्रवेश गरेको हो । पेनाल्टि सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै बुद्ध युथले फाइनलको यात्रा सुनिश्चित गरेको हो । उक्त खेलमा वुद्ध यथ क्लव भोटेवडारका क्रिश्चल मुक्तान म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार स्वरुप पाँच हजार नगद र ट्रफि पाएका छन् ।
फाइनल खेल एपिएफ र बुद्ध युथ भोटेवडार विच शनिवार दिउँसो हुनेछ । पुस १२ गतेदेखि सुरु भएको ३२ औँ त्रिवेणिकप २०८१ मा ए डिभिजन अन्तर्गतका पाँचवटा टिम सहित १६ टिम सहभागि थिए ।
त्रिवेणी कप विजेताले १२ लाख नगद पुरस्कार सहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ६ लाख रुपैया, रजत पदक र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सेमिफाइनल उपविजेता दुई टिम आयोजक त्रिवेण युवा क्लव बेसीशहर र टोखा भगवती फुटबल क्लव काठमाडौले दुइ-दुई लाख रुपैया पाउने भएका छन् ।
सो बाहेक अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही नगद २५ हजार पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ ।
प्रतिक्रिया