अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्यारेट कति पुग्यो?


काठमाडाैं ।

कुखुरापालक सङ्घले अण्डाको खुद्रा मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा तोकेको छ ।


संघका अनुसार ठूलो अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५७ पैसा पर्छ बिक्रेताले १७ रुपैयाँ प्रतिगोटामा फार्मबाट खरिद गरी ढुवानी र अन्य लागत जोड्दा पसलहरूमा प्रतिगोटा १९ देखि २० रुपैयाँमा पर्ने खुद्रा बिक्री गर्दा २२ रुपैयाँ ५० पैसासम्ममा अण्डा बिक्री हुँदै आएको छ ।

दक्षिण एसियामा अण्डाको मूल्य नेपालमा सबैभन्दा धेरै रहेको छ । नेपालमा प्रतिदर्जन रु २७०, भारतमा रु २११, बंगलादेशमा रु।१६०, पाकिस्तानमा रु। १५९, श्रीलंकामा रु १४६ रहेको छ । विगतमा दैनिक ४४ लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ लाख गोटा उत्पादन हुँदै आएको छ ।

माग बढ्दै जाने तर उत्पादन घट्दै जानू, कुखुरामा रोग लागेर मर्ने, दानाको भाउ बढ्दै जानुलगायतका कारणले अण्डाको भाउ बढेको छ ।