काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो।
बुधबार १ लाख ५१ हजारमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया