नवलपरासी।
पूर्वी नवलपरासीकाे गैंडाकाेटमा आयोजित हाफ म्याराथन त्रिभुवन आर्मी क्लबका धावकले जितेका छन् ।आयोजक संस्था विजय फाउन्डेसन नेपालले पुष १५ गते साेमबारका दिन गैडाकाेट हाफ म्याराथन २०८१ काे दोस्रो संस्करण सञ्चालन गरेको थियो ।
म्याराथनमा त्रिभुवन आर्मी क्लबका मुकेश बहादुर पालले निर्धारित २१ किमी दुरी १ घण्टा १६ मिनेट ८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
उपाधीसंगै पालले १ लाख धनराशि पुरस्कारसहित मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
त्यसै गरी सोही म्याराथनमा महिला तर्फको उपाधि जित्न आर्मी क्लबकै पूर्ण लक्ष्मी न्यौपाने सफल रहिन् । न्याैपानेले १ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै महिला तर्फको २५ हजार नगदराशिकाे प्रथम पुरस्कार जितेकी हुन् ।
म्याराथनमा द्वितीय तथा तृतीय हुने महिलाहरूमा गैडाकाेटका अनु थापा र चितवन कालिका नगरका सुनिता मगर रहेका छन् ।
पुरूष तर्फ सशस्त्र प्रहरीका गोपीचन्द्र पार्के १ घण्टा १७ मिनट ४३ सेकेन्ड दोस्रा र त्रिभुवन आर्मीकै नरेन्द्र सिंह रावत १ घण्टा १८ मिनेट ५१ सेकेन्डकाे फरकमा तेस्रा भए ।
विद्यार्थी मैत्री दौड तर्फको ५ किमी लामो प्रथम उपाधि स्थानीय जनक नमुना माविका मनुप थापाले ३२ मिनेट ३५ सेकेन्ड समयमा
जितेका छन् । सोही दाैडमा कालिका नमुना माविका अनमाेल भुसाल र जनक नमुनाका दिपेश मगर ३२:४४ तथा ३२:५२ मिनेटकाे अन्तरमा क्रमशः दोस्रा र तेस्रा भएका छन् ।
एक्काइस किमी म्याराथनमा दोस्रा र तेश्राे हुने धावकका लागि क्रमशः ५० र २५ हजार, महिला द्वितीय १५ हजार तथा तृतीयलाई १० हजार नगद पुरस्कारकाे व्यवस्था गरिएको थियो ।
म्याराथनमा उत्कृष्ट हुने सञ्जय श्रेष्ठ,धनु मानन्धर, रामजी बस्नेत,मिङमार तामाङ र खेम बहादुर शाही गरी ५ जनालाई जनही ५ हजार र अपांगता तर्फ नमराज कार्कीले ३ हजार हात पारे ।
विद्यार्थी तर्फको म्याराथनमा प्रथम द्वितीय र तृतीयलाई १० हजार ५ हजार र ३ हजार नगद मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गैडाकाेट क्षेत्रलाई दाैडका माध्यमले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित वर्षेनी म्याराथन सञ्चालन हुँदै आएकाे आयोजक विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलाेचन सापकोटाले बताए ।विजय परिवार, गैडाकाेट नगरपालिका र लामिनार टायल सहयोगी तथा वैकुण्ठ मानन्धर स्पाेर्टस क्लबको म्याराथनमा प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया