पर्सा ।
लागुऔषधसहित १ जना पर्साबाट पक्राउ परेका छन्। सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री राम रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो।
भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्सानीको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो।
उनलाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया