एमालेबाट निष्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भीम रावल


 काठमाडौँ। 

एमालेबाट निष्कासित भएका डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्  । एमालेबाट निष्कासित भएपछि रावलले पहिलोपटक आगामी कार्य योजनाबारे जानकारी दिन बुधवार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।

आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलनिकट श्रोतले जनाएको छ। 

 पत्रकार सम्मेलन कार्की ब्याङकेटमा हुनेछ ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले  पार्टी  सदस्यतासमेत नरहनेगरी निष्काशन गरेको थियो। त्यसपछि उनले  नयाँ पार्टी खोल्नेबारे आन्तरिक छलफल गरिरहेका छन् ।

उनले सोमबार मात्रै नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि छलफल गरेका थिए।