राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ सय बढीले प्रतिष्पर्धा गर्ने

1.5k
Shares

बुटवल ।


बुटवल उपमहानगरपालिका अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न ५ विद्यामा १ हजार ५ सय २ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन ।

यही पुस १६ गते देखि १८ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको छ । आईतबार पत्रकार सम्मेलन गरि नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको उनले बताए । विगतका वर्षहरुमा प्रमाणपत्रमात्र दिने गरिएकोमा पछिल्लो ३ वर्षदेखिमात्र नगद पुरस्कार वितरण गरिदै आएको उनले बताए ।

खेलकुदमा बजेट बिनियोजन गरिनु सकारात्मक भएपनि खेलाडी पुरस्कार निक्कै कम हुने गरेकोमा त्यसलाई वृद्धि गर्न जरुरी रहेको उनले बताए । यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने उनले बताए ।

सिद्धेश्वरी लाल कुमारी माबि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी हुने उनले बताए । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्र-छात्रा), एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुने छन ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वाधार विकास र खेल विकासमा पालिका लागेको बताए । फुटबलको आठ, क्रिकेटको र व्याडमिन्टनको ३ तीन लनटेनिस, १ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको नगर प्रमुख पाण्डेयले बताए । यसैगरि बास्केटबल कोर्ट बनाउने तयारीमा पालिका रहेको बताए ।

‘साढे ३ करोड रुपैया बजेट खेलकुदमा बिनियोजन गरिएको छ ।’– उनले भने एउटा आशालाग्दो लगानी भैरहेको उनले दाबी गरे । यो वर्ष बुटवल–१६ को डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैया, तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैया र क्रिकेट खेलका लागि थप १५ लाख बिनियोजन गरिएको छ ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । यो वर्ष एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुदां सिद्धेश्वर खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको छ ।