काठमाडौँ।
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ।
एयरक्राफ्टमा कुनै ड्यामेज नभएको र हेलिकप्टर पुनः उड्ने तयारीमा रहेको कम्पनीले जनाएको छ।
उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार रहेको विमानस्थल स्रोतले जनाएको छ।
प्रतिक्रिया