तीनकुनेका जग्गाधनीले पचासौँ वर्षदेखि मुआब्जा पाएनन् : बालेन शाह


काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कोटेश्वर महोत्सवलाई शुक्रवार सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा लुटिए पनि सरकारले त्यसबारे चासो नदिएको बताएका हुन् ।

‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’

मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने बताए ।