एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने भएको छ। च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल हुने छ।

पुस तेस्रो साता एमालेले केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरिरहेको छ।