धादिङ।
आर्थिक वर्षको सुरुमा बनाइएको जिल्ला दररेटपछि सिमेन्ट कम्पनी र रड उद्योगले सामानको मूल्य अत्यधिक बढेका कारण ठेक्का लिएका व्यवसायीहरू नोक्सान व्यहोर्न परिरहेको ठेकेदारहरुले बताएका छन् । ठेकेदारहरुको संस्था धादिङ निर्माण व्यवसायी सङ्घको आठौँ साधारण सभामा व्यवसायी महासंघका नेताहरुले यस्तो कुरा बताएका हुन्।
५ सय ५० को सिमेन्ट ७ सय ७५ लिन थालेको छ । बालुवा गिटिको मूल्य दोब्बरले वृद्धि भएको छ भने रडको मूल्यसमेत तर्को भएकोले ठेकेदारहरु मर्कामा परेर समयमा ठेक्का पूरा गर्न नसकेको निर्माण व्यवसायीको भनाई छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ठेक्काका व्यवधान हटाउन सरकारसंग माग गर्दै विकासका लागि देशको कानुन सुधार गर्नुपर्ने बताए । ठेक्काका काम र विकासलाई असहज बनाउने नियम कानुन ऐनहरु भएकोले यसलाई विकासमा जोड्नेगि बदल्न आग्रह गरे।
धादिङ निर्माण व्यवसायी संघका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, लगायत व्यवसायिसंघका पदाधिकारिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
निर्माण क्षेत्रले बिद्रोह गर्नपनि सक्ने चेतावनी दिँदै १८ हजार योजना सम्पन्न गर्ने योजना राज्यसंग क्षमता नै नभएकोले योजना घटाएर काम गर्न सरकारसंग माग गरिएको छ ।
वर्षमा २ पटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दा समस्या परेको र सरकारले उचित सम्बोधन गर्न कार्यक्रममा माग गरिएको छ ।
सोही अवसरमा बेनिघाट रोराङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष भुवन त्रिपाठी, निर्माण व्यवसायी रमेश श्रेष्ठ , जग्गादातालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया