परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने


काठमाडौँ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लागेकी हुन्।

उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।

त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।