काठमाडौँ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज राती मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुगी छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी वितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाँडो सम्पन्न गरी नागरिकलाई चाँडो शुद्ध मेलम्चीको पानी वितरण गर्न निर्देशन दिए ।
उनले भने, “पानी वितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाँडो सम्पन्न गर्नुस्, नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझनु होला ।”
यसैगरी नयाँ पाइपलाइन मध्ये केही केही ठाउँमा पानी लिकेज भई चुहावट भईरहेकाले सो चुहावटलाई मर्मत गरी पानी सुचारु गरी अन्तिम परीक्षण कार्य सम्पन्न गर्न समेत मन्त्री यादवले मातहतका कर्मचारी एवं कामदारहरुलाई निर्देशन दिए ।
उनले भने, “पाइपलाइन मध्ये केही केही ठाउँमा पानी लिकेज भई चुहावट भइरहेको छ, पानी चुहावटलाई तत्काल मर्मत गरी पानी सूचारु गर्ने काम कार्य छिटो भन्दा छिटो सम्पन्न गर्नुहोला ।”
काठमाडौँ उपत्यकामा सहज रुपमा मेल्मचीको पानी वितरणका लागि खानेपानीका नयाँ पाइपलाइन बिछ्याउन थालिएको छ । सोही क्रममा मन्त्री यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
उक्त छड्के अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया