काठमाडौं ।
लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५ को संशोधनका लागि सरोकारवालासँग छलफलको आयोजना गरिएको छ ।
साथी संस्था र अन्य संघसंस्थाहरुको सहकार्यमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो रणनीति २०७५ को संशोधनका लागि छलफल आयोजना गरिएको हो ।
लैंगिक हिंसा निवारणका लागि पुरुषको पनि महत्वपूर्ण भूमिका हुनेभएकोले महिला मन्त्रालय अन्र्तगत सन् २००७ देखि नेपालमा लैंगिक हिंसा निवारण पुरुष संजालको गठन गरि कार्यक्रमहरु भैरहेकोछ ।
हामी दाजुभाई संस्थाका अध्यक्ष सन्जोग ठकुरीले लैगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५ मा भएका व्यवस्था बारे चर्चा गर्दै सो रणनीति संघीय तहका लागि मात्र लक्षित गरि बनाईएको र मुलुकमा संघीयता लागुभएपछि सोही अनुसार रणनीतिलाई परिमार्जन गरि लैगिक हिंसा अन्त्य सम्बन्धी संशोधित रणनीति २०८१ ल्याउन अन्तिम चरणको छलफल गरिएको हो ।
अध्यक्ष ठकुरीले पुरुष मात्र भन्दापनि लैंगिक तथा यौनिक अल्पसंख्यकलाई पनि सञ्जालमा समेट्नुपर्ने कुरामा जोड दिनुभयो । समाजमा हिंसा अन्त्य गर्न समाजमै बसोबास गर्ने सबैको बराबरी सहभागीता आवश्यक हुने भएकाले हिंसा अन्त्यको साझा अभियानमा सहभागी भएर योगदान दिन सञ्जाल मार्फत आफ्नो आबद्धता जनाउँन मन्त्रालयले आवहान गरेकोछ भन्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लैंगिक हिंसा महाशाखाका प्रमुख ममता विष्टले समाजमा लैंगिक हिंसा अन्त्यका लागि महिला पुरुष दुबैको भूमिका आवश्यक भएकाले रणनीति सहित हिंसा अन्त्यको लागि प्रयास गर्न पुरुष सञ्जाल बनाएर पुरुषलाई पनि जिम्मेवारी दिईएको हो । सोका लागि रणनीति नै बनाएर सञ्जालमा आबद्ध हुन मन्त्रालयले आवहान गरेको जानकारी गराउँनुभयो ।
उक्त कार्यक्रममा साथी संस्थाका कार्यक्रम व्यवस्थापक पलिता थापाले शसक्त महिला समृद्ध नेपाल परियोजना अन्र्तगत रणनीति संशोधनको कार्यलाई अन्तिम रुप दिन र लैंगिक समानताका लागि गठीत पुरुष सञ्जाललाई सशंक्त बनाउँने सन्दर्भमा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।
सो अवसरमा सरोकारवाला संस्थाका प्रतिनिधिहरुले रणनीति २०८१ मा उल्लेख गर्नुपर्ने बुद्धाहरुबारे समूहगत छलफल गराई समूहबाट प्राप्त सुझावलाई समेत समेटेर अघि बढ्ने तयारी भएको बताउँनुभयो ।
प्रतिक्रिया