सिटी एक्सप्रेस र दुबईको जोयालुकास एक्सचेन्जबीच सम्झौता


काठमाडौं ।

दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएकाे छ ।

दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिन्छ ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको खातामा पनि रकमजम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने छ ।


सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुत्तानी पनि गर्न सकिन्छ ।