११ हजार रुपियाँमा बेलुनमा उड्न पाइने, डिजे कन्सर्ट प्रमुख आकर्षण


काठमाडौँ। 

आगामी हप्ता पोखरामा सुरु हुने अन्तर्राष्ट्रिय बेलु फेस्टिबलमा बेलुन चढ्न ११ हजार नेपाली रुपियाँ लाग्ने आयोजकहरूले जनाएका छन् । पोखराको पामे फाँट क्षेत्रमा हुने फेस्टिबलको मुख्य आकर्षणको रूपमा बेलुन डिजे हुनेछ । यस प्रकारको कन्सर्टमा डिजे बेलुना उड्ने र मानिसहरू जमिनमै बसेर नाच्ने गर्छन् ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछ ।

“यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेछ ।” आयोजक बलुन नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।