नेकपा एसको निष्कर्ष: कुनै पार्टीसँग तत्काल एकता गरिँदैन


काठमाडौँ ।

 नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ ।

 गत मङ्सिर २६ देखी जारी स्थायी समिति बैठक समापनको दिन तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकाले हो  । साथै, आगामी निर्वाचन पनि गठबन्धन नगरी एक्लै लड्ने निष्कर्ष निकालेको हो ।

 बैठक पछि उपाध्यक्ष जगन्नाथ खतिवडाले  भने, ‘तत्काल कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बैठकले गरेको छ ।’ यद्दपी, वामपन्थी दलसँग विभिन्न एजेन्डाको आधारमा सहकार्य गर्न सकिने विकल्प भने खुल्ला राखेको छ । यसबिचमा पार्टीले शुद्धीकरण अभियान सञ्चालन गर्नेछ ।

 
जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान अब पार्टी लाग्ने उनले जनाएका छन ।