विदेश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

4.51k
Shares

काठमाडौं ।

वैदेशिक राेजगारीका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भएर भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको र गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेका हुन् । दुबै जनालाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।