बाजुरा ।
जिल्लाकै अग्रणी स्थानमा रहेको त्रिवेणी बहुउद्येश्यीय सहकारी संस्था लि. बडिमालिका ८ मार्तडी बाजुराको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । “शेयर सदस्यको संकटमोचनाका लागि सहकारी अभियान ”भन्ने नाराका साथ सनिबार सम्पन्न भएको हो ।
साधारणसभालई सम्वाेधन गर्दै जिल्ला समन्वयसमिति बाजुराका प्रमुख तुल्सीराम रोकायाले भन्नुभयो “थोपा थोपा संगालेर घैला भर्नु चुनौतीपूर्ण कार्य हो ”। पचास रुपैयाँ संकलन गरेर अहिले करोडोंको कारोबार गर्न सफल भएको छ उहाँले भन्नुभयो ।
कृषक र न्युन आए भएका शेयर सदस्यहरुको छाता छातासंगठनका रुपमा जिल्लाकै नमुना सहकारी त्रिवेणी सहकारी रहेकोले त्रिबेणी जस्तै जिल्लामा अरु सहकारीले पनि बित्तय अनुसासन कायम गर्न सके बाजुरा जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीइ टेवा पुग्ने बताउनुभयो ।
त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष निरवहादर शाहीले सहकारी अन्तराष्ट्रिय मूल्य मान्यता र शिद्धान्तमा आधारित हुन्छन् । सहकारी संस्था स्वचालित भएकोले सहकारीलाई जीवन्त राख्न आर्थिक पारदर्शीता र नीति वधी र प्रविधी मैत्रीबन्नुपर्ने बताउनुभयो । देशको तिन खम्बे अर्थनीतिमा सहकारी क्षेत्रपनि आर्थिक उन्नयनका लागि महत्वपुर्ण भुमिका छ ।
यद्येपी पछिल्लो समयमा सहकारी रकम अपचलन वर्तमान परिपेक्षम सहकारी भित्रको कमजोरी सुधार्न पर्नेमा जोड दिनुभयो । “ घर फोहर भए घर छोड्ने हैन घर सफ गर्नु पर्छ” त्यसैले सहकारीको विकल्प सहकारी नै भएको अध्यक्ष शाहीको भनाई थियो ।
। त्रिवेणी सहकारी ले विगतमा विभिन्न ब्यवसाय सञ्चालन गरी शेयर सदस्य तथा समुदायलाई प्रत्यक्ष लाभ पु¥याउन सफल भएको छ , सहकारी अभियानलार्य मुर्तरुप दिन सहकारीको दीगोपन कायम गर्न शुसासन र बित्तीय अनुसासन मा जोड दिनुपर्नेमा बडिमालिका नगरपालिकाका नगरप्रवक्ता धर्मराज पाध्याले जोड दिनुभयो ।
त्रिबेणी सहकारीको जिल्लाका ५ वटा पालिकाहरुमा कार्यक्षेत्र रहेकोछ । यस संस्था लि.मा हाल १९७१ शेयर सदस्य तथा २९७१ जना बचतकर्ता रहेका छन् । ३३५ जनालार्ई ऋण लगानी गरेको छ संस्थाले २०८०-०८१ को अन्त्यमा १५,९२,२७,७२०.८० यथार्थ कारोवार गरेका छ भने आ.व.को अन्त्यमा एक करोड ,२४ लाख ,३७ हजार ,८ सय ५४ रुपैयाँ १७ आम्दानी भएकोछ ।
त्यसैगरी आ.व. ०८२-०८३ को लागि कुल कारोवार रु २१,९२,७७,९५१.२७ प्रस्तावित गरिएको छ । संस्थाले कार्यक्षेत्र भित्रका विपन्न सदस्यलार्य पहिचान गरी मुटी बचत योजना तथा विपन्न कर्जा लगानी गर्ने , कृषिफर्म लगायत विभिन्न परियोजना सञ्चालन गरी शेय सदस्यको आर्थिक तथा सामाजिक विकास गर्ने कार्ययोजना रहको संस्थाका अध्यक्ष अशोकुमार रावलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यसगरी संस्थाका नीति कार्यक्रम तथा भावियोजना समेटिएको सांगठानिक प्रतिवेदन सचिव शेरवहदुर रावले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोशनप्रसाद श्रेष्टले प्रस्तुत गर्नुभएको थियो । संस्थाको आन्तिरिक लेखारिक्षण प्रतिवेदन लेखासमिति संयोजक काशीप्रसाद जोशीले प्रस्तुत गर्नुभएको थियो ।
कुल शेयर सदस्यको ११ प्रतिसत शेयर सदस्यलाई मात्र ऋण लगानी गरेकोले यसबाट लाभ लिने शेयर सदस्यमा बृद्धि गर्नुपर्ने । समय नागेको ऋण असुली गर्नुपर्ने र वित्तीय अनुशासन कायम गर्न सामुहिक ऋण निरुत्सायित गर्नुपर्ने लगायतका टिप्पणी सहितको प्रतिवेदन संयोजक जोशीले प्रस्त गर्नु भएको थियो ।
साधरणसभाले शिक्षा, ऋण लगागायत विभिन्न समिति,उपसमिती लगायतका प्रतिवेदन पास गर्दै संस्थाले भावि नीति तथा कार्यमको स्वीकृतीे दिएको कोषाध्यक्ष रोशन प्रसाद श्रेटले बताउनुभयो ।
संस्था लामो समय सम्म भादा नाघेका ऋणीको ऋण असुल गर्न २० प्रतिसत सम्म छुट दिने निर्णय गरेको छ भने विद्युत करेन्ट लागेर मृत्यू भएका त्रिबेणी सहकारीका तत्कालिन कर्मचारी भक्त रावलको नाममा रहेको ऋणको बंकी ब्याज मिनाह गर्ने निणर्य गरेको संस्थाका सचिव शेरबहादुरावलले बताउनुभयो ।
समग्रमा सहकारीको जोखिम न्यसनिकरण गर्न भाखा नाघेको ऋण असुली गर्नुपर्ने र बित्तीय अनुसासन कायम गर्नसके संस्था जिल्लाकै एक नमुना सहकारीका रुपमा स्थिापित हुने सुझाबहरु प्रप्त भएका थिए ।
कर्जा जोखिम विमा अनिवर्य गर्ने लगायतका नीतिगत निर्णय गर्दै संस्थाको वागिर्षक साधारणसभा सनिवार बडिमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया