काठमाडौं ।
नेकपा एमाले डोटीमा नयाँ नेतृत्व आएको छ ।
पार्टीको जिल्ला अधिवेशनले अध्यक्षमा मञ्जु मलासीलाई चुनेको छ । मंगलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मञ्जु २ सय १५ मत ल्याएर निर्वाचित भएकी हुन् ।
मञ्जुले अर्का प्रतिस्पर्धी शेरबहादुर मल्ल भन्दा ४४ मत बढी ल्याएकी छन्। मल्लले १ सय ७१ मत पाएका छन्।
अधिवेशनमा कुल ४ सय १२ जना प्रतिनिधि रहेकामा सोमबार भएको मतदानमा ३ सय ९३ प्रतिनिधिले मतदान गरेका थिए ।
जिल्ला कमिटीको उपाध्यक्ष खगेन्द्र बढैला निर्वाचित भएका छन् । उनले १ सय ११ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी गणेशबहादुर विष्टले १ सय ७, लक्ष्मण मलासीले ९७ र चक्रबहादुर घर्ती मगरले ५८ मत पाएका छन् ।
सचिवमा पदमराज भट्ट २ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरू धनबहादुर नेपालीले १ सय १९ र झलकबहादुर पालीले ६८ मत पाएका छन् ।
खुला उपसचिवमा डम्बरसिंह डौडीले १ सय ५२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बमबहादुर बलले १ सय २३, कृष्णकुमार खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत पाएका छन् ।
महिला उपसचिवमा बिस्ना सिंह २ सय ८ मत पाएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी शशी सोवले १ सय ४६ मत पाएका छन् ।
प्रतिक्रिया