उदयपुर ।
संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीनाथ पाण्डेले नेपालमा पहिले निर्माण भएका विमानस्थल बन्द भएको अवस्थामा नयाँ विमानस्थल पनि सोही हविगत व्यहोर्नु पर्ने र अर्को तर्फ आर्थिक संकटका कारण पनि नयाँ विमानस्थल निर्माण गर्न सम्भव नरहेको बताएका छन् ।
सोमबार उदयपुरको त्रियुगा नगरपालिका २ जोगीदहमा प्रस्तावित सगरमाथा विमानस्थलको जग्गा अवलोकन निरीक्षणका क्रममा स्थानीय निर्माण समिति र प्रस्तावित सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विमानस्थल निर्माणकालागि संघीय सरकारले मात्र आर्थिक दायित्व बहन गर्न सक्ने अवस्था नरहेकोले प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनता उद्योगी व्यवसायी सबैको आर्थिक सहयोगले मात्र विमानस्थल निर्माण गर्न पहल गर्नु पर्ने बताए ।

सो कार्यक्रममा उदयपुर निर्वाचन क्षेत्र नं २ का सांसद डा. नारायण खड्काले आजभन्दा १५ वर्ष अघिदेखि यो विमानस्थल निर्माण गर्न पहल भएको तर चुनावी गफमा मात्र सीमित भएकोले अबका दिनमा काम गरेर देखाउनु पर्ने अवस्था आएको बताए ।
डा. खडकाले आफूले जुन सरकार आएपनि तत्कालीन अवस्थाका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर प्रस्तावित सगरमाथा विमानस्थल निर्माणकालागि आवश्यक प्रक्रिया अघि बढाउन र बजेट व्यवस्थापन गर्न अनुरोध गरेको भए पनि कसैले पनि बजेट व्यवस्थापन गर्न नसकेको बताए ।
प्रस्तावित सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका संयोजक बीरेन्द्र बस्नेतको अध्यक्षतामा र सो समितिका सचिनव परमेश्वर घिमिरेको संचालनमा भएको सो कार्यैक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, स्थानीय निर्माण स्मितिका सचिव नारायण ढकाल लगायतका पक्ताहरुले आ आफ्नो धारण राखेका थिए ।











प्रतिक्रिया