काठमाडौँ।
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।
सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको बताए ।
केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्न ध्यान केन्द्रित गर्ने र अन्त:शुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोटसमेत छाप्ने काम केन्द्रबाट अघि बढाउने उनले बताए ।
त्यस्तै बैठकले एसियाली बिकास बैंकबाट हरित, उत्थानशील र समावेशी बिकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया