एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज


काठमाडौँ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको हो।