बैतडी ।
गैरकानुनी रूपमा नेपाल बस्दै आएका दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जर्मनी नागरिक फ्लेक केलर र फ्लेक रहेका छन्। उनीहरूलाई जिल्लाको दोगडाकेदार गाउँपालिकाबाट नियन्त्रणमा लिइएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् ।
वर्षौदेखि लुकिछिपि बस्दै आएका उनीहरूलाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक दुंगानाले बताए । कोरोना सुरु हुनुभन्दा पहिले नै यहाँ आएका उनीहरू दुबैजना गैरकानुनी रूपमा बस्दै आएको दुंगानाले जानकारी दिए ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।
प्रतिक्रिया