काठमाडौं विश्वविद्यालयमा उपकुलपति छनोट गर्न समिति गठन


काठमाडौँ।

सरकारले काठमाडौं विश्वविद्यालयमा उपकुलपति छनोट गर्न समिति गठन गरेको छ। शनिबार भएको विश्वविद्यालय सभाले समिति गठन गर्ने निर्णय गरेको हो। उपकुलपति भोला थापाको कार्यकाल माघ ६ गतेदेखि सकिँदैछ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपस्थित सभाले पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य रहेका छन् ।

विश्वविद्यालय ऐनमा सभाले समिति गठन गर्ने र सिफारिस गरेबमोजिम कुलपतिले ४ वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।