काठमाडौं ।
नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो छैटौं खेलमा सुदूरपश्चिमले पाँचौं जित निकाल्दै अन्तिम खेल बाँकी हुँदै ‘क्वालिफायर’ मा स्थान बनाएको छ। आइतबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले पराजित गर्दै अंकले तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो।
उसका लागि आन्द्रे गौसले ३६ रन बनाउँदा रेमन रिफरले ३३ रन बनाए। त्यस्तै, किरन ठगुन्नाले ३२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १५ रन बनाएका थिए। सुदूरपश्चिमका लागि स्कट कुग्लिङ्गले ५ विकेट लिँदा हर्मित सिंहले २ विकेट लिए। त्यस्तै, साइफ जाइबले १ विकेट लिएका थिए।
प्रतिक्रिया