काठमाडौं ।
नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह विजयी भएका छन् । साह ८२ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नित्यानन्द मण्डलले ५१मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा अवधेस कामत विजयी भएका हुन । उनले ७० मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी संजीवकुमार झाले ४० मत ल्याए ।
महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी भएकी हुन । उनको प्रतिद्वन्द्वी वरुणा कर्णले ४७ मत ल्याइन । सचिवमा बटुकनाथ झा ५६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी सुभाष कर्णले ३८ मत ल्याए ।
यस्तै सहसचिवमा अर्जुन मण्डल,समावेशी सहसचिवमा दिनेश मल्लिक र कोषाध्यक्षमा गोविन्द महतो विजयी भएका हुन् ।
प्रतिक्रिया