काठमाडौंसँग पोखरा ६ विकेटले पराजित


काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४ ओभरमै पूरा गर्‍यो।

काठमाडौँका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार गरे। पोखराका विपिन खत्रीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

पोखराका रेमोन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाडौँका कप्तान करण केसी र रशिद खानले ३र३ विकेट लिए ।