काठमाडौं ।
पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रनको योगफल तयार पारेको हो ।
त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराका लागि रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१ रन बनाएका थिए भने दिनेश खरेलले ३८, दिलिप नाथले २७ रन बनाएका हुन् ।
काठमाडौँंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक विकेट लिए ।
दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।
प्रतिक्रिया