काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम २.0 डिग्री सेल्सियसमा झर्‍यो


काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको मैसम यस वर्षकै सबैभन्दा न्युन बिन्दुमा झरेको जनाएको छ ।

महासंघका अनुसारमा आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ३.१ डिग्रीमा झरेको तापक्रम बिहीबार ३.९ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ । चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

आज जुम्लामा सबैभन्दा कम माइनस ७.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको विभागले जानकारी दिएको छ ।