माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बस्न नसके पछि आज बस्न लागेको हो।

बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा  बस्नेछ। हिजो गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो।

गत मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो।

सो बैठकले पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने आङ्कलन गरिएको छ।