ताप्लेजुङ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता भएका राजेन्द्र बुढाथोकिको शव फेला परेको छ ।
काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए ।
सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढााथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मङ्सिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो ।
प्रतिक्रिया