डोटी।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ । डोटीको खप्तड, बडिकेदार, नापानी, चर्केलेक, मुस्ताल, देउताललगायतका उच्च लेकाली स्थानमा हिमपात सुरु भएको हो ।
डोटीसँगै, डडेल्धुरा, बैतडी लगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ । आइतबार रातिदेखि यहाँका उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको डोटीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले जानकारी दिए ।
हिमपात र वर्षाका कारण चिसो बढेको बडिकेदार गाउँपालिकाका स्थानीय डम्मर घर्तीले बताए । उनले भने, “हिमपातले चिसो बडेको हुँदा जनजीवन पनि प्रभावित हुँदै गएको छ । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।”
वर्षा र हिमपात भएपछि गाउँमा गहुँ खेती सप्रिने भन्दै किसानहरु निकै खुसी भएका गड्सोराका स्थानीयवासी भरत कामीले बताए । उनले भने, “पानी नपर्दा खडेरीले गहुँ खेती सुक्ने अवस्थामा पुगेको थियो । समयमै हिउँ प¥यो खेतीबाली सप्रिने भयो यही खुसी छ ।”
प्रतिक्रिया