काठमाडौं ।
लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मिले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत बास्केटबलको उपाधि आइतबार जितेका छन्। लालीगुराँस जुनियर छात्र तथा हिमरश्मि सिनियर छात्रामा च्याम्पियन बने। मनमैजुस्थित घरेलु कोर्टमा भएको जुनियर छात्र फाइनलमा लालीगुराँसले एन्जल्स हार्टलाई २३–१८ ले पराजित गर्यो। लालीगुराँसका सर्गम गुरुङले ९ अंक जोडे । हिमरश्मि र जीवन ज्योति तेश्रो भए।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मिले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले हरायो । हिमरश्मिकी निमा तामाङले ७ स्कोर गरिन् । लालीगुराँस र मानसिंह धर्मले तेश्रो स्थानमा चित्त बुझाए।
कराते
लालीगुराँसले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेको उपाधि जितेको छ । १५ विद्यालयको सहभागिता रहेको करातेमा सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य जित्दै लालीगुराँस समग्रमा च्याम्पियन भयो । मानसिंह ४ स्वर्ण, ३ रजत १ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले १ स्वर्ण र १ रजत हात पा¥यो । १२ स्पर्धा समावेश करातेमा प्रारम्भ वल्र्ड स्कुलले १ स्वर्ण र १ कांस्य हासिल ग¥यो । विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
टेबलटेनिस
हिमरश्मिले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत टेबलटेनिसमा २ स्वर्ण जितेको छ। ३ स्पर्धा समावेश टेबलटेनिसमा बाँकी १ स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो। छात्रा सिंगल्समा स्मृति गुरुङ तथा मिक्स डबल्समा अरुण बस्नेत र अन्जली बानियाँको जोडीले हिमरश्मिलाई स्वर्ण दिलाए । छात्र सिंगल्समा श्रृजना ज्ञान सागरका विश्वास घलेले पहिलो स्थान हात पारे।











प्रतिक्रिया