प्याट कमिन्सले ५ विकेट लिएपछि अस्टे«लियाले एडिलेडमा भएको भारतविरुद्धको दोस्रो टेस्ट १० विकेटले जितेको छ । योसँगैं ५ टेस्टधको सिरिज १–१ बराबरीमा पुगेको छ । पर्थमा भएको पहिलो टेस्ट भारतले जितेको थियो । तेस्रो टेस्ट ब्रिसबेनमा १४ डिसेम्बरदेखि शुरु हुनेछ ।
भारतमाथि पहिलो इनिङमै १ सय ५७ रनको अग्रता बनाएको अस्टे«लियाले दोस्रो इनिङमा भारतलाई १ सय ७५ रनमै खुम्च्यायो । जितको लागि १९ रनको लक्ष्य भएकोमा ओपनरहरू नाथन म्याकस्वीनी र उस्मान ख्वाजाले ३.२ ओभरमै अस्टे«लियालाई जित दिलाए ।
भारतले आइतबारको खेल ५ विकेटको क्षतिमा १ सय २८ रनबाट शुरु गरेको थियो । जसमा, नितिश कुमार रेड्डीले सर्वाधिक ४२ रन योगदान दिए । तर, अन्य ब्याटरले निरासजनक ब्याटिङ गर्दा भारत १ सय ७५ रनमै अलआउट भएको थियो ।
अस्टे«लियाको बलिङमा प्याट कमिन्सले ५७ रन दिएर ५ विकेट लिँदा मिचेल स्टार्कले २ विकेट लिए । यस्तै, स्कट बोल्यान्डले ३ विकेट हासिल गरेका थिए ।
प्रतिक्रिया