काठमाडौं ।
नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगितामा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल पहिलो भएका छन्। ९ चरणको प्रतिस्पर्धात्मक खेलमा काठमाडौंका पुरुषोत्तमले ६.५ अंक जोडेर उपाधि जितेका हुन्। उनले ४ जित र ५ बराबर नतिजा आत्मसात गर्दै अपराजित समेत रहे।
२५ औं राष्ट्रिय प्रतियोगिताको छनौटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष् फुँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय स्थानमा रहे। प्रतियोगिताका चौथोदेखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन्।
जसमा, भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी हुन्। प्रतियोगितामा ४० जना पुरुष र १८ जना महिला राष्ट्रिय खेलाडीले उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि नेपाल च्याम्पियनसहित शीर्ष तीन खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।











प्रतिक्रिया