काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ।
जनकपुरको नेतृत्व अनिल शाहले गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन्। जनकपुर अपराजित यात्रामा छ। उद्घाटन खेलमा विराटनगर किंग्सलाइ हराएको जनकपुरले कर्णाली र चितवन राइनोजलाई पराजित गरेर आज आफ्नो चौथो खेल खेल्न लागेको हो।
उता लुम्बिनीले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन। लुम्बिनी यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग भएका तीनै खेलमा पराजित भएको हो।











प्रतिक्रिया